Skip This
बुटवल उपमहानगरलाई कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित घोषणा 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार २८ मंगलबार
  • Tuesday, 11 August, 2026
२o७९ असार २८ मंगलबार ११:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवल उपमहानगरलाई कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २८ मंगलबार ११:२४:oo

रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । सोमबार बुटवलमा भएकाे एक कार्यक्रमबीच १२ वर्षमाथिका उमेर समूहको कोभिड- १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । 

कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए । उनले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गरिने जानकारी  दिए ।

उनले कोभिड– १९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए । 

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूले आगामी समयमा हुन सक्ने स्वास्थ्य चुनौतीको सामना गर्न प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रमहरू सञ्चालन गर्ने बताए । 

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका गौरव ढकाल, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेलगायतले स्वास्थ्य क्षेत्रबारे चर्चा गरेका थिए ।