१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २७ सोमबार
  • Sunday, 11 May, 2025
२o७९ असार २७ सोमबार १६:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ल्यान्डफिल्ड साइटसम्मको सडक निर्माणका लागि समन्वय भइरहेको छ : मेयर साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २७ सोमबार १६:१४:oo

काठमाडाैं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले ल्यान्डफिल साइट पुग्ने सडक निर्माणका लागि सडक विभागसँग समन्वय भइरहेको बताएका छन्। सोमबार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिसँगको भेटमा उनले सडक व्यवस्थित पार्नेबारे जानकारी गराएका हुन्।

प्रतिनिधिहरूले बर्खामा हुने सडक समस्याको प्रसंग उठाएपछि मेयर साहले निर्माण हुन बाँकी रहेको सडकखण्ड चाँडै बनाउन आफूले समन्वय गरिरहेको बताए। उनले काठमाडौंका सडकमा भएको सबै फोहोर उठाउन लाग्ने समयबारे पनि जानकारी लिएका छन्। प्रतिनिधिहरूले पूर्णक्षमतामा ढुवानी गर्न पाए तीन दिनभित्र फोहोर उठाइसक्ने मेयर साहसमक्ष बताएका छन्।

फोहोरमैला व्यवस्थापन संघ, नेपाल (स्वमान)का महासचिव मित्र घिमिरे र वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालले फोहोर वर्गीकरण गर्ने महानगरको योजना प्रभावकारी रहेको बताए। महानगरको नीति र कार्यक्रमअनुसार आफूहरूले जिम्मेवारी पूरा गर्ने उनीहरूको भनाइ छ।

छलफलका क्रममा फोहोर ढुवानी गर्ने सवारीसाधनबाट लिच्चड चुहिने समस्या समाधान गर्ने विषय पनि उठेको थियो। फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिलगायतको पनि उक्त बैठकमा उपस्थिति थियो।