१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काडमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

युवा क्रिकेटर रित गौतम न्युजिल्यान्डमा खेल्दै

यू–१९ टोलीका पूर्वकप्तानसमेत रहेका गौतमले ग्रेसर सिटी क्रिकेट क्लबबाट खेल्नेछन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काडमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:५८:oo

नेपाली राष्ट्रिय यू–१९ राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रित गौतमले न्युजिल्यान्डको प्रिमियर लेभल क्रिकेट खेल्ने भएका छन् । यू–१९ टोलीका पूर्वकप्तानसमेत रहेका गौतमले ग्रेसर सिटी क्रिकेट क्लबबाट खेल्न लागेका हुन् । ग्रेसरले आइतबार सामाजिक सञ्जालबाट नेपाली क्रिकेटर रित खेल्न आउन लागेको जानकारी दिएका छन् । ‘नेपालका क्रिकेटर रित गौतमले आउने सिजन प्रतिस्पर्धा गर्नेछन्, हामी उनलाई स्वागत गर्न उत्साहित छौँ,’ गे्रेसरको फेसबुकमा लेखिएको छ । ग्रेसरले गौतमले उमेर समूहमा भारतविरुद्ध तथा एमसिसीसँगको प्रतिस्पर्धा राम्रो प्रदर्शन गरेको जनाएको छ ।

‘गौतमले पछिल्लो समयमा राम्रो खेलिरहेका थिए, हामीलाई विश्वास छ, यही प्रदर्शन यहाँ पनि हुने विश्वास छ,’ गौतमको प्रशंसा गर्दै ग्रेसरले भनेको छ, ‘न्युजिल्यान्डका कतिपय युवा खेलाडीका लागि गौतम ‘रोल मोडल’ पनि बन्न सक्छन् ।’ ग्रेसरले गौतमलाई ६ महिनाको सिजनका लागि टोलीमा अनुबन्ध गरेको हो । गौतमले ग्रेसरबाट खेल्न पक्का भएको जनाएका छन् । ‘यो लिग न्युजिल्यान्डको प्रिमियर लेभलको क्रिकेट हो, ग्रेसरसँग ६ महिनाका लागि अनुबन्ध भएको छु,’ गौतमले भने । नेपालबाट प्रतिनिधित्व गरी यू–१९ टोलीबाट दुई शतक प्रहार गर्ने उनी एकमात्र नेपाली खेलाडी हु्न् । उनले नेपाली राष्ट्रियबाट यू–१६ र यू–१९ अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गरेका थिए । 

उनले एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्ध एक सय १५ रन र २०१७ मा यू–१६ इस्टर्न रिजनमा म्यानमारविरुद्ध एक सय ६ रनको अविजित शतकीय इनिङ खेले । उमेर समूहमा राम्रो खेलाडी मानिने गौतम घरेलु क्रिकेटमा भने त्यति जम्न सकेका छैनन् । घरेलु क्रिकेटमा उनले अन्तिमपटक खेलेको नै प्रो क्लब च्याम्पियनसिप थियो । प्रो च्याम्पियनसिपमा उनले एपिएफबाट प्रतिस्पर्धा गरेका थिए । गौतमले च्याम्पियनसिपमा एक खेल मात्र खेले । यसैगरी गत असोजमा एभरेस्ट प्रिमियर लिगमा पनि उनले पोखरा राइनोजबाट प्रतिस्पर्धा गरेका थिए । पोखराबाट उनले राम्रो प्रदर्शन गरेनन् । उनले एभरेस्ट प्रिमियर लिगमा समग्रमा २९ रन मात्र बनाएका थिए । बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गौतम पछिल्लो दुई सिजन एपिएफमा थिए । एपिएफमा सिनियर टोलीका खेलाडीको बाहुल्यता रहँदा उनले अवसर पाउन सकेका छैनन् । 

ad
ad