१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १९:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

'नेपाल लाेकतान्त्रिक हिन्दुराष्ट्र बन्छ'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १९:o३:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल एक दिन लाेकतान्त्रिक हिन्दुराष्ट्र बन्ने विश्वास व्यक्त गरेका छन्। राप्रपा नेपालनिकट पूर्वप्रहरी परिषद्काे केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष थापाले नेपालमा लाेकतान्त्रिक हिन्दुराष्ट्रकाे वकालत गर्ने पार्टी राप्रपा नेपाल मात्रै भएकाे बताउँदै भविष्यमा सम्बर्द्धनवादको विचार बाेकेकाे राप्रपा नेपाल देशकाे प्रमुख राजनीतिक शक्ति बन्ने र उक्त शक्तिले नेपाललाई एक दिन लाेकतान्त्रिक हिन्दुराष्ट्र बनाएरै छाेड्ने विचार व्यक्त गरे।

विगतमा अन्य हिन्दुराष्ट्रकाे एजेन्डासँगसँगै अन्य एजेन्डा पनि बाेकेर हिँड्दा हिन्दुराष्ट्रकाे स्थापना गर्न नसकिने भए पछि पुनर्गठित राप्रपा नेपालले अन्य एजेन्डालाई छाेडेर सम्बर्धनवाद र हिन्दुत्वकाे मुद्दालाई अगाडि बढाएकाे बताए। विगतका त्रुटि कमजाेरीबाट पाठ सिक्दै अगाडि बढ्ने क्रममा आगामी दिनमा त्यस्ता गल्ती कमजाेरी नगर्ने बताउँदै आगामी आमनिर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय मान्यता प्राप्त पार्टी बन्ने पनि उनले ठाेकुवा गरे।