Skip This
पुराना मुद्दा व्यवस्थापनका लागि सर्वोच्चको कार्ययोजना सार्वजनिक 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार २४ शुक्रबार
  • Friday, 08 August, 2025
शिल्पा कर्ण काठमाडौं
२o७९ असार २४ शुक्रबार १७:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुराना मुद्दा व्यवस्थापनका लागि सर्वोच्चको कार्ययोजना सार्वजनिक 

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २४ शुक्रबार १७:o८:oo

सर्वोच्च अदालतले पुराना मुद्दा व्यवस्थापनका लागि कार्ययोजना सार्वजनिक गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी सर्वोच्चले यसबारे जानकारी दिएको हो। सर्वोच्चमा ५ वर्ष पुराना ५ हजार हाराहारी मुद्दा छन्।

कार्ययोजना २० असारमा सर्वोच्चको फुलकोर्ट बैठकले पारित गरेको थियो । कार्ययोजना १ साउनबाट लागू हुने सर्वोच्चले जानकारी दिएको छ। सर्वोच्चले नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, महान्यायधिवक्ता कार्यालयलगायत सरोकारवालाहरूसँग छलफलपछि ल्याइएको जानकारी दिएको छ।

कायममुकायम रजिस्ट्रार नारायण पन्थीले सर्वोच्चमा १४ वर्ष पुराना मुद्दा रहेको जानकारी दिए ।‘हामीसँग १४ वर्ष पुराना मुद्दासमेत छन् । अहिलेलाई ५ वर्षे मुद्दाको फाँट सिर्जना गराएर छुट्टै ग्रुप बनाएर गोलामा लैजान सक्छौँ । यसमा थोरै होमवर्क नीति पास गरेको हो, केही डेडिकेटेड बेन्चको कुरा राखेका छौँ,’उनले भने। 

सर्वोच्चका सहरजिस्ट्रार विमल पौडेलले कार्ययोजनाले अदालती समय बढाउन खोजेको जानकारी दिए। ‘शुक्रबार ५ बजेसम्मै बस्ने गरी, गोला प्रक्रियाको मर्म नमर्नेगरी, अहिले १५ साउनसम्म चाहिँ दोपा, थुनुवा प्रतिवेदन, पुनरावलोकनजस्ता मुद्दा सुनुवाइमा लैजान्छौँ।

कार्ययोजनामा बिरामी पर्दा, शोकवरणजस्ता अवस्थाबाहेक ३ र ५ वर्षे पुराना मुद्दामा स्थगित गर्न नपाइने, इजलास अधिकृत २ जना राखेर भए पनि फैसला लेखन छिटो गराइने, जनशक्तिको क्षमता विकास, राय किताबको व्यवस्था नभएकाले निर्णय टिपोट भए पनि राख्ने,,फैसला लेखनमा रहेको ढिलाइ हटाउने तथा ७५ प्रतिशत कैद बसिसकेका थुनुवाको मुद्दालाई शीघ्र पालो दिइनेलगायतका विशेषता रहेका छन्।