१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ५ शनिबार १८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हिंसाप्रेरित विप्लव अभिव्यक्ति : ‘यो न्यायाधीश को हो ? घरघर गएर थुतेर कुट्नुपर्छ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:१८:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले हिंसाप्रेरित अभिव्यक्ति दिएका छन्। देश बेच्न पाइँदैन भनेर एमसिसीजस्तो राष्ट्रघाती सम्झौंताविरुद्ध लडाइँ लडेर जेल परेका आफ्ना पार्टीका कार्यकर्तालाई १० लाखसम्म धरौटी माग्ने न्यायाधीशलाई घरबाटै थुतेर कुट्नुपर्ने सार्वजनिक अभिव्यक्ति विप्लवले दिएका हुन्। 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बचाउन लडाइँ लडेका आफ्ना कार्यकर्तालाई रिहाइ गर्न यति धेरै धरौटी माग गर्ने न्यायाधीश को हुन ? भनी पटक-पटक प्रश्नसमेत गरे। महासचिव विप्लवले सो आन्दोलनको क्रममा गिरफ्तार भएका आफ्ना पार्टीमा आवद्ध विद्यार्थीहरूलाई अदालतले धेरै धरौटी मागेको उल्लेख गर्दै कहाँबाट ल्याएर तिर्ने भन्दै आक्रोशसमेत व्यक्त गरे।

‘एमसिसीविरुद्ध हामी टाउको फुटुन्जेल लड्यौँ । हामी त हात भाँचिउन्जेल लड्यौँ । खुट्टा भाँचिउन्जेल लड्यौँ । हाम्रा साथीहरू जेल पर्नुभयो । धरौटी पनि कति माग्ने ? १० लाख माग्ने क्या’, विप्लवले भने, ‘एउटा विद्यार्थीलाई १० लाख, ५ लाख धरौटी तोक्ने न्यायाधीश को हो ? एउटा पढिरहेको विद्यार्थीलाई १० लाख, ५ लाख धरौटी माग्ने, यो न्यायाधीश को हो ? यिनको त घरघर गएर थुतेर कुट्नुपर्छ क्या यिनलाई ।’

ad
ad