१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:१५:oo

लमजुङमा पहिलोपटक आयोजना गरिएको प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ । फाइनल खेलमा मिनाङ लांघाली बेँसीसहर नगरपालिका– २ लाई ३–० गोलले हराउँदै एक्स–गोर्खा कास्कीले उपाधि जितेको हो ।

उपाधिसहित एक्स–गोर्खाले ३० हजार रुपैयाँ पुरस्कार जितेको छ । प्रतियोगितामा उपविजेता मिनाङ लांघाली बेँसीसहरले १५ हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट किपर एक्स–गोर्खाका झरना राई, सर्वाधिक गोलकर्ता मिनाङ लांघालीका सम्झना शर्मा र उत्कृष्ट खेलाडी बाघेताका मनीषा थापामगर घोषित भएका छन् । उनीहरूले जनही एक हजार पुरस्कार पाएको आयोजक लमजुङ फुटसलका सञ्चालक केशबहादुर रानाले बताए ।

प्रतियोगितामा लमजुङसहित काठमाडौं, कास्की र तनहुँका गरी आठ टिमको सहभागिता रहेको थियो । जिल्लामा पहिलोपटक ‘हाम्रो गोल–महिला हिंसाविरुद्धको बोल’ भन्ने नाराका साथ प्रथम महिला फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।
 

ad
ad