१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o७:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्से ४६ अंकले घट्दा कारोबार रकम पनि कम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:३२:oo

 नेप्से परिसूचकमा मंगलबारउच्च गिरावट आएको छ । कारोबारको पहिलो दुई घन्टासम्म उतारचढावबीच रहेको नेप्से पछिल्लो दुई घन्टामा उच्च गतिले घट्दा ४६ दशमलव ०८ अंकले घटेर दुई हजार ३० दशमलव ५९ मा आइपुगेको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स आठ दशमलव ७१ अंकले घटेर तीन सय ८७ दशमलव २३ बिन्दुमा आइपुगेको छ ।

दुई हजार बिन्दुको मनोवैज्ञानिक परीक्षण गरिरहेको बजारमा यस दिन नेप्सेको दुई हजार एक सयको बिन्दु छुने कोसिस सफल हुन सकेन । कारोबारको सुरुवाती समयदेखि नै उतारचढाव सुरु भएको नेप्से पछिल्लो दुई घन्टा उच्च गतिले घटेको थियो । बजारसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

धितोपत्र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीको ८६ लाखभन्दा बढी कित्ता सेयरको दुई अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको छ । सोमबार चार अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको थियो । सानिमा बैंकको संस्थापक सेयर सर्वाधिक ३० करोड २० लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, अरुण काबेली पावर, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, अपर तामाकोसीको सेयर आठ करोड ५७ लाखदेखि ११ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । 

उच्च अंकले घटेको बजारमा सिवाइसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, ङादी ग्रुप पावर र आँधी खोला लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । सेयर मूल्य उल्लेख्य घट्नेमा घलेम्दी हाइड्रो, दिव्यश्वरी हाइड्रोपावर, अजोड इन्स्योरेन्स, सिइडिबी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर रहेका छन् । यी कम्पनीको सेयर मूल्य ५ दशमलव ६ देखि ६ दशमलव ६ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । सबैभन्दा बढी घट्नेमा ट्रेडिङ समूह रहेको छ । 

 


 

ad
ad