१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख ३१ सोमबार १७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्लाहीमा पेस्तोल र गोलीसहित एक पुरुष पक्राउ

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:oo:oo

सर्लाही प्रहरीले लुकाइराखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ । मंगलबार हरिवन नगरपालिका–११ बस्ने ४३ वर्षका छोटेलाल दासलाई एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने १ राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो।

दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए। उनले सञ्चालन गरेको किराना पसलबाट उक्त हतियार बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। सुराकीको आधारमा हरिवन प्रहरीले दासको किराना पसलमा खानतलासी गरेको थियो।

बरामद पेस्तोल र गोलीसहित दासलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

ad
ad