१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १o:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल ओन्टारियो क्लबसँग दोस्रो अभ्यास खेल खेल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:o३:oo

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (आइतबार) दोस्रो अभ्यास खेल खेल्दै छ । खेल बेलुकी सवा ७ बजेदेखि सुरु हुने भएको छ ।  

टि–२० फर्म्याटमा नेपालले खेल खेल्न लागेको हो । यसअघि शुक्रबार भएको एकदिवसीय फर्म्याटको अभ्यासमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो । क्यानडासँगको सिरिजअघि नेपालले अभ्यास खेलिरहेको छ ।

नेपालले क्यानडा बसाइमा क्यानडा राष्ट्रिय क्रिकेट टिमसँग दुई एकदिवसीय अभ्यास सिरिज खेल्नेछ । क्यानडा र नेपालले ४ र ५ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग– २ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने भएको छ ।  

ad
ad