१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १९ आइतबार ०९:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आइजिपी नियुक्ति विवादको सुनुवाइ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १९ आइतबार ०९:५४:००

नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्धको रिटमा आजबाट चौथो सुनुवाइ हुँदै छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।

कायममुकायम प्रधानन्यायाधीश कार्की नेतृत्वको इजलासमा आइजिपी विवादको मुद्दा चौथोपटक सुनुवाइ हुन लागेको हो । गत वैशाख १८ मा सरकारले नेपाल प्रहरीको आइजिपीमा धीरजप्रताप सिंहलाई नियुक्ति गरेको थियो ।

वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई आइजिपी बनाएको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।