१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १७:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

ओलीले मागे कृषिमन्त्रीको राजीनामा, आफ्ना कार्यकर्तालाई भने– कानमा तेल हालेर बस्‍ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १७:५९:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनी कृषिमन्त्री यादवलाई प्रश्न सोधेका हुन्। 

उनले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टीनिकट अखिल नेपाल किसान महासंघलाई कडा निर्देशन दिए। महासंघले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाइरहेका वेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोशसमेत व्यक्त गरे। 

‌‌ओलीले भने, ‘मल पाउँदैन, तपाईंहरू चुप लागेर कानमा तेल हालेर बस्नुहुन्छ। मल ल्याउन बाध्य पार्नुपर्दैन सरकारलाई। दुनियाँमा त मल दिएन भने त कृषिमन्त्रीले त तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बस्ने ? मन्त्रीले के हेरेर बस्यो? सरकारले के हेरेर बस्यो? अनि मुख्य काम कृषि क्षेत्रलाई हेर्नुपर्ने, मन्त्री बनाएको मन्त्री भएर भत्ता खाऊ, झन्डा हल्लाऊ भनेर मन्त्री बनाएको कि किसानलाई मल देऊ भनेर, बिउबिजन देऊ समयमा भनेर, उन्नत जातको बिउबिजन देऊ भनेर, कृषिको आधुनिकीकरण गर भनेर, कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व बढाऊ भनेर हो कि ? झन्डा हल्लाऊ भनेर हो ? पिर्कामा सलामी खानका लागि मन्त्री बनाएको हो ? होइन नि ।’