मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
Invalid date format १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाैँदेखि श्रीमतीमाथि श्रीमानकाे यौनहिंसा, सहन नसकेपछि बलात्कार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:oo:oo

श्रीमानकाे शारीरिक तथा यौनहिंसा सहन नसकेपछि मदाने गाउँपालिका– ४ की २४ वर्षीया महिलाले २५ वर्षीय आफ्नै श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा बलात्कार मुद्दा दर्ता गरिन्। आरोपितलाई पक्राउ गरेर अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

दम्पतीका दुई छोरी छन् । बिहे भएसँगै श्रीमानले कुटपिट गर्ने गरेको तथा श्रीमानको शारीरिक तथा यौनहिंसा वर्षौँ सहेर बसेको पीडित महिलाले बताइन्। 

‘बिहेपछिबाटै ममाथि अन्याय हुँदा पनि परिवार र समाज सम्झेर सहेँ। म दुई छोरीसहित कतिन्जेल लुकेर ज्यान बचाऊँ,’ नयाँ पत्रिकासँग पीडितले भनिन्, ‘इलाका प्रहरी कार्यालय पुर्कोटमा सम्झाएर पनि नभएपछि बाध्य भएर बलात्कार मुद्दा दर्ता गरेँ ।’ 

पीडित महिलाले आफू मात्रै नभएर परिवारसमेत पीडित भएको गुनासो गरिन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले महिलाले मुद्दा दर्ता गर्नुपर्ने अवस्था नै रहेको बताए। महिलाले सहनेसम्मको शारीरिक तथा यौनहिंसा सहेर बसे पनि झनै असुरक्षा भएपछि प्रहरीकोमा आएको दाहालले बताए। 

‘यो मुद्दा पहिलो भए पनि घटना अनौठो होइन, महिला धेरै पीडित छन्। श्रीमान्, परिवार, समुदायविरुद्ध नबोल्नेहरूले सहेर बसेका छन्,’ उनले भने, ‘कारबाहीले मान्छेलाई सचेत बनाएको छ।’ 

दाहालले प्रहरीमा आएका सबै बलात्कार तथा यौन दुर्व्यवहारका घटनाका आरोपितलाई कानुनअनुसार पक्राउ गरेर कारबाही गरिएको दाबी गरे।