१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार १७ शुक्रबार १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

'हिँड्दा हिँड्दै हुने महिला हिंसालाई कम गर्ने प्रविधि आवश्यक छ'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार १८:३२:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद बिन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । शुक्रबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सिसिटिभीको भर परेर अहिले देखिएको महिला हिंसाको घटना नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै सो व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन्।

उनले महिला हिंसा नियन्त्रणका लागि भएका विधि र प्रविधिलाई सुदृढ गरेर लैजान पनि सरकारलाई सचेत गराइन्। हिँड्दा हिँड्दै हुने महिला हिंसालाई नियन्त्रण गर्न सोहीअनुसारको प्रविधिको व्यवस्था गर्न ढिलाइ गर्न नहुने धारणासमेत सांसद पाण्डेले राखिन्।

उनले भनिन्, ‘अपराधको अनुसन्धान गर्ने क्रममा अहिले हामीेले जे कुरा गरिराखेको छौँ। त्यसका लागि विधि र प्रविधि पुग्दैन। यसलाई सुदृढ गरेर लैजानुपर्दछ। महिला हिंसालाई कम गर्न सिसिटिभीको कुरा हामीले गरिराखेका छौँ। तर, हिँड्दा हिँड्दै हुने हिंसालाई कम गर्ने प्रविधिको पनि आवश्यक व्यवस्था मिलाउनुपर्दछ। त्यसैगरी, जथाभावी जरिवाना गर्नेभन्दा पनि त्यसको पनि राष्ट्रिय/अन्तर्राष्ट्रिय मापदण्डलाई हेरेर आवश्यक व्यवस्था मिलाउनुपर्ने हुन्छ।’