१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेयर साहद्वारा सम्पदा क्षेत्रको अवलोकन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:२९:oo

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले महानगरभित्र रहेका सम्पदाको अवलोकन गरेका छन्। शुक्रबार मेयर साह, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहितको टोलीले स्वयम्भूस्थित धर्मचक्र पार्क, तमोवहाः क्पाः पाछेँ, भगवान् बहाल, पलेस्वाँ पुखुलगायतको अवलोकन गरेको हो।

सम्पदाको अवलोकन गर्दै मेयर साहले ती सम्पदाको पूर्वाधार संरचना पनि बलियो हुनुपर्ने बताए। ‘पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए–नभएको कुरालाई हामीले मुख्य रूपमा हेरेका छौँ,’ उनले भने, ‘महानगरभित्र नयाँ पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि हामीले हेरेका छौँ।’

पलेस्वाँ पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले मेयर साहलाई जानकारी गराएका थिए। वडामा पार्क तथा पोखरी निर्माण गर्दा व्यवस्थापनको पक्षमा पनि ध्यान दिइने वडाध्यक्ष डंगोलले बताए। वडा २६ मा रहेको भगवान् बहाल पुनर्निर्माणमा अहिलेको अवस्था र बाँकी कामका विषयमा पूर्ववडाध्यक्ष विश्वम्भरलाल प्रधानले मेयर साहलाई जानकारी गराएका थिए। चार करोड लागतमा उक्त वहालको पुनर्निर्माण कार्य भइरहेको छ। पुनर्निर्माण रकममध्ये एक करोड ५० लाख रुपैयाँ काठमाडौं महानगरपालिकाले सहयोग गरेको छ। 

अवलोकनका क्रममा वडा २७ महाबु (महाबौद्ध) मा रहेको पुननिर्मित तमोवहाः क्पाः पाछेँको निर्माण शैली र अहिलेको अवस्था हेरिएको थियो। क्वाः पाछेँको पुनर्निर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षबारे मेयर साहले इन्जिनियरसँग जानकारी लिएका थिए। त्यस्तै, वडा नम्बर ५ मा रहेको पञ्चेधारा तथा पार्कको पनि अवलोकन गरिएको थियो।