१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख ३१ सोमबार १o:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

युवामैत्री स्थानीय शासन प्रवर्द्धन कार्यक्रम सुरु    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:२१:oo

युवामैत्री स्थानीय शासन प्रवर्द्धन कार्यक्रम सुरु भएको छ । युवामैत्री स्थानीय शासनको प्रवर्द्धनको पहिलो चरणमा सातै प्रदेशका एक–एक स्थानीय तह छनोट गरी युवामैत्री स्वशासन अभियानले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गरेको हो ।     
     
अभियानले पहिलो चरणमा बागमती प्रदेशका स्थानीय तहमध्ये चितवनको माडी नगरपालिका युवामैत्री स्थानीय शासनको प्रवर्द्धनका लागि छनोट गरेको छ । राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपी र युनिसेफ नेपालले संयुक्त रूपमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रूप दिन साझेदारी गरेका हुन् ।

अभियानअन्तर्गत विभिन्न सरोकारवालाको संलग्नतामा युवामैत्री स्थानीय शासन दिग्दर्शन, २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन तालिम निर्देशिका तयार गरिएको छ । 

ad
ad