१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १o:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:o७:oo

महोत्तरीको जलेश्वर नगरपालिका– १२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरूसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर– १२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राइन रहेका छन् । प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनैजनालाई बिहीबार साँझ जलेश्वर– १२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बिओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट पाँच हजार आठ सय भारु बरामद गरेको छ । तीनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

ad
ad