१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार o७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

समृद्धि फाइनान्सको पैसा दोब्बर हुने योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o७:२३:oo

समृद्धि फाइनान्सले रेमिट्यान्स मुद्दती निक्षेपको योजनाअन्तर्गत पाँच वर्ष सात महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथसाथै फाइनान्सले नौ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पैसा पाँच गुणा र १८ वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ । 

निक्षेप योजनाका लक्षित ग्राहकहरू, विदेशमा काम गर्ने व्यक्तिको परिवारका सदस्य, रेमिट्यान्स ग्राहक, दीर्घकालीन लगानीमा रुचि राख्ने रेमिट्यान्स आम्दानी भएका ग्राहकहरू र विदेशमा काम गर्ने व्यक्तिहरूले आफ्ना छोराछोरीको भविष्यको शिक्षाका लागि पैसा जम्मा गर्न चाहने ग्राहक रहेको जनाइएको छ ।

यो निक्षेप योजनामा न्यूनतम ५० हजार रुपैयाँदेखि खाता खोल्न सकिने र समृद्धि फाइनान्सको पाँचवटै शाखाबाट यो सेवा लिन सक्ने व्यवसाय प्रवद्र्धन विकास अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए । 

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खाताहरूसमेत सञ्चालनमा ल्याएको जनाएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा दिँदै आएकोमा चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा विस्तार गर्ने जनाएको छ । 

ad
ad