मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १६ बिहीबार १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको पूर्ण सदस्य बन्यो राप्रपा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १७:o५:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डेमोक्रेटिक पार्टीहरूको अन्तर्राष्ट्रिय एलाइन्सको अग्रणी संस्था अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन (आइडियू)को पूर्ण सदस्य बनेको छ । राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार यसअघि नेपालबाट आइडियू फोरमको बैठकमा आमन्त्रितको रूपमा सहभागी हुँदै आइरहेको राप्रपाले झन्डै डेढ दशकपछि आइडियूको पूर्ण सदस्यता प्राप्त गरेको हो ।

विश्वभरिका विभिन्न ८४ देशका विभिन्न राजनीतिक दलले आइडियूको पूर्ण सदस्यता प्राप्त गरेका छन् भने ६५ देशका विभिन्न राजनीतिक दलहरू आमन्त्रित रहेका छन् । जर्मनीको बर्लिन सहरमा जुन २६ देखि २९ गतेसम्म चलेको आइडियूको फोरम बैठकमा राप्रपाले सदस्यता प्राप्त गरेको हो। 

राप्रपाको तर्फबाट फोरमको बैठकमा सहभागी पार्टीका उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आइडियूका अध्यक्ष, क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्परबाट आइडियूको पूर्ण सदस्यताको प्रमाण-पत्र ग्रहण गरेका थिए ।