१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवालाई नेम्वाङको दबाब– बजेट निर्माणमा अन्य व्यक्ति समावेश भए–नभएको तथ्य बाहिर ल्याउनुहोस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o८:oo

प्रमुख प्रतिपक्ष दल एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् । 

पूर्वसभामुखसमेत रहेका उपनेता नेम्वाङले आफ्नो पार्टीले संसदमा सो कुरा उठाएपछि अर्थ मन्त्रालयको फुटेज हेरेर भए पनि त्यो तथ्य बाहिर ल्याउन प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन् । 

संसद् दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलको तर्फबाट एकजना प्रतिनिधि राखेर अर्थ मन्त्रालयको फुटेज हेरेपछि बजेट निर्माणमा अनधिकृत मान्छे अर्थमन्त्री शर्माले सामेल गराएको हो, होइन ? यथार्थ कुरा बाहिर आउने पनि स्पष्ट पारे ।

प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा सो कुरा उठाउने, तर अर्थमन्त्रीले होइन भनेपछि छानबिन नगर्ने कुराले संसदलाई कमजोर बनाउने उपनेता नेम्वाङको भनाइ थियो । 

उपनेता नेम्वाङले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) कसले अघि बढाएको भन्ने विषयमा विवाद भएपछि सरकारले त्यसलाई छानबिन गरेर तथ्य बाहिर ल्याउन ढिलाइ गर्न नहुने पनि पटकपटक दोहोर्‍याए ।