१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १५ बुधबार
  • Saturday, 05 July, 2025
२o७९ असार १५ बुधबार १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार

अर्थमन्त्री शर्माको प्रश्न : हाम्रो लेखापरीक्षण गर्ने विधि र पद्धतिहरूमा कहाँ त्रुटि छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १५ बुधबार १७:४१:oo

अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन्। बुधबार महालेखा परीक्षक कार्यालयको ७४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतिहरूमा कहाँ त्रुटि भएको हो, त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताएका हुन्। 

अर्थमन्त्री शर्माले लेखापरीक्षण गर्ने सरकारको विधि, पद्धतिमा त्रुटि भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको बताए। उनले  लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरूमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवर्धन गर्न महालेखा परीक्षकको महत्वपूर्ण भूमिका रहेको पनि बताए। 

‘बेरुजु सम्बन्धमा हामीले अहिलेसम्म अपनाएका विधि र पद्धति विषयमा आवश्यक समीक्षा गर्नुपर्ने महसुस गरेको छु । हाम्रो लेखापरीक्षण गर्ने विधि र पद्धतिहरूमा कहाँ त्रुटि छ,’ अर्थमन्त्री शर्माले भने, ‘किन एकपछि अर्को जटिल बन्दै गएको छ भन्ने कुराको फेरि पनि अध्ययन, अनुसन्धान र निराकरणको आवश्यकता मैले महसुस गरेको छु। लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरूमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवर्धन गर्न महालेखा परीक्षकको महत्वपूर्ण भूमिका रहन्छ।’