१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १५ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १५ बुधबार १४:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम नरोक्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १५ बुधबार १४:५२:oo

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई नरोक्ने भएको छ। सरकारले बक्यौता रकम उपलब्ध नगराएको भन्दै असार १५ गतेदेखि अस्पतालले बिमा कार्यक्रम रोक्ने बताएको थियो। तर, अस्पतालले दाबी गरेको बिमा रकम सरकारले पठाउने भएपछि अस्पतालले बिमा कार्यक्रमलाई निरन्तरता दिने भएको हो।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार सरोकारवाला निकायसँग मंगलबार बैठक बसेपछि र अस्पतालका माग सम्बोधन हुने भएपछि स्वास्थ्य बिमालाई निरन्तरता दिन लागिएको हो।

उनका अनुसार सरकारले बिमाबापतकाे आठ करोड रुपैयाँभन्दा बढी रकम अस्पताललाई तिर्न बाँकी छ। ‘बिमा बोर्डले हाम्रा समस्या यथाशीघ्र सम्बोधन गर्न बोर्डको बैठक र चिकित्सकसँग छलफल गरेको थियो, उक्त बैठकमा माग सम्बोधन हुने निर्णयपछि हामीले उक्त सेवालाई रोकेनौँ,’ अधिकारीले भने, ‘बिमा बोर्डले मंगलबार अस्पताललाई पत्रचार पनि गरेको थियो।’