मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेमा माओवादीको बिउ रोपेका छौँ, केही समयपछि फल्छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३८:oo

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा माओवादीको बिउ रोपेर आएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बिउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका हुन् । 

नेकपा एमालेभित्र पनि सच्चा कम्युनिस्ट रहेको र उनीहरूलाई पनि समेटेर जानुपर्ने अहिलेको आवश्यकता भएको बताए । अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्व नरहने हाे भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताए । 

‘नेकपा एमालेमा पनि केपी ओली प्रवृत्ति नहुने हो भने र नेतृत्व त्यो नहुने हो भने अरू हजारौँ, कार्यकर्ता, नेतालाई आरामसँग समाजवादको यात्रामा डोर्‍याउन सकिन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने, ‘तीन वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरूलाई पनि एकीकृत र केन्द्रीकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो, सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्न सक्छ, तर त्यहाँ बिउ रोपिएको छ, हामी माओवादीले बिउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ, फल्छ ।’

अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्यलगायतका नेताहरूलाई माओवादीमै फर्किन आग्रह गरे । जनताको आवाज भनेकै पूर्वमाओवादीहरू सबै एकै ठाउँ रहून् भन्ने रहेकाले जनताको आवाजलाई अन्सुनी र अन्देखा गर्न नमिल्नेसमेत बताए ।

सबैले आत्मसमीक्षा गरेर सबै माओवादी एकजुट भई जनतामाझ जानुपर्ने बताए । आफूविना कसैले पनि माओवादी आन्दोलनलाई एकीकृत र केन्द्रीकृत गर्न नसक्ने दाबीसमेत गरे । 

अध्यक्ष दाहालले आफ्नो उदारताले कहिलेकाहीँ धोका खाएको बताए । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाप्रति लक्षित गर्दै बाटो छोडेको मान्छेलाई महासचिव र गृहमन्त्री बनाउँदासमेत अहिले अत्तोपत्तो नभएको भन्दै नयाँलाई जिम्मेवारी दिन सोच्नुपर्ने बताए ।