१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o७:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा दोहोरो अंकको गिरावट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:३९:oo

मंगलबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से परिसूचक ११ दशमलव ८२ अंकले घटेर एक हजार नौ सय २१ दशमलव ३१ बिन्दुमा आइपुगेको हो ।

त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स तीन दशमलव २२ अंकले घटेर तीन सय ७२ दशमलव ६० बिन्दुमा आइपुगेको छ ।आइतबार बजार १८ सयको मनोवैज्ञानिक परीक्षणबाट उकालो लागेको थियो । लगानीकर्ताका अनुसार असार महिनालाई सेयर बजारका लागि खासै सकारात्मक मान्ने पनि गरिँदैन ।

जुन किसिमले बजार निकै तल खसेको थियो, त्यो बिन्दुबाट बजार करेक्सन हुँदै उकालो लाग्ने विश्लेषकहरू बताउँछन् । अहिले लगानीकर्ताले नाफा बुक राखेर सेयर बेच्नेभन्दा पनि खरिद गर्नेतर्फ जोड दिएका छन् ।

यस दिन एक सय ४६ वटा कम्पनीको सेयर मूल्य घट्दा ३७ वटा कम्पनीका लगानीकर्ताले नाफा आर्जन गर्न सफल भएका छन् । कारोबारमा आएका १३ समूहका सूचकमध्ये वाणिज्य बैंक समूहका लगानीकर्ताले सामान्य नाफा कमाउँदा जीवन बिमा समूहको सूचक १ प्रतिशतले बढेको छ ।

१ प्रतिशतभन्दा बढीले गुमाउनेमा विकास बैंक समूह, फाइनान्स समूह, जलविद्युत् समूह, लगानीगत समूह, उत्पादनमूलक समूह, निर्जीवन बिमा समूहका लगानीकर्ता रहेका छन् । बाँकी अन्य समूहको सूचक सामान्यले घटेको छ ।

मंगलबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३० कम्पनीको तीन लाख ३७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब पाँच करोड रुपैयाँको मात्र कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा झन्डै एक अर्बले कारोबार रकम घटेको छ ।

आइतबार दुई अर्बभन्दा बढीको कारोबार हुँदा सोमबार कारोबार रकम १८ करोड रुपैयाँले घट्न पुगेको थियो । मंगलबार सर्वाधिक कारोबार एसियन लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीको सात करोड ३१ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नागरिक लगानीकोष, नेपाल रिइस्योरेन्स कम्पनी र न्यादी गु्रप पावर कम्पनीको सेयर सर्वाधिक सेयर खरिद–बिक्री भएको हो ।

दोहोरो अंकले बजार घट्दा लक्ष्मी इक्विटी फन्डको पाँच दशमलव ७३ प्रतिशतले घट्दा जनरल इन्स्योरेन्स, युनाइडेट इदी मर्दी हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, नेपाल इन्स्योरेन्सलगायत अन्य पाँचवटा कम्पनीको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।
 

ad
ad