१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o७:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालमा लगानी गर्न अस्ट्रेलियालाई चेम्बरको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:३o:oo

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अस्ट्रेलियासमक्ष आग्रह गरेको छ । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वल्कसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत्, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् । 

राजदूत वल्कसँगको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपाल र अस्ट्रेलियाबीच ६० वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र निजी क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यकता रहेको बताए ।

अस्ट्रेलियाले नेपालको वन क्षेत्रको संरक्षण तथा संवद्र्धन गर्न लामो समयदेखि आर्थिक एवं प्राविधिक सहयोग गरेको स्मरण गर्दै उनले यसको निरन्तरताका लागि आग्रह गरेका थिए ।

जडीबुटी एवं खानीजन्य तथा धातुहरूको प्रशोधन गर्ने उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्नसमेत सहयोगका लागि अध्यक्ष मल्लले राजदूत वल्कसमक्ष आग्रह गरेका छन् । अस्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युत्मा लगानीका लागि अध्यक्ष मल्लले आग्रह गरेका हुन् । 

नेपालका विद्यार्थी अस्ट्रेलियमा अध्ययनका लागि गइरहेको सन्दर्भमा अध्यक्ष मल्लले त्यहा“का प्रतिष्ठित शैक्षिक संस्थाहरूबाट नेपाली शैक्षिक संस्थाहरूलाई सम्बन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न अध्यक्ष मल्लले आग्रह गरेका थिए ।

उनले नेपाल र अस्ट्रेलियाबीच सीधा हवाई सेवा विस्तार गरेर दुवै देशले फाइदा लिन सक्नेमा जोड दिए । यसले नेपालको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि अस्ट्रेलियाको निजी क्षेत्रमा पहल गरिदिनसमेत राजदूत वल्कलाई अध्यक्ष मल्लले प्रस्ताव गरेका थिए । राजदूत वल्कले नेपाल अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध ६० वर्षभन्दा पुरानो र ऐतिहासिक भएको बताइन् । नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अस्ट्रेलियाले सधैँ गर्व गर्ने उनको भनाइ थियो ।

नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरूको शैक्षिक सुधार तथा भविष्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । नेपालमा लगानीका लागि नीतिगत समस्या हुँदा पनि अस्ट्रेलियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाइ थियो । 


 

ad
ad