Skip This
इसेवा मनी ट्रान्सफर र युएईको लुलुबीच सम्झौता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इसेवा मनी ट्रान्सफर र युएईको लुलुबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:o७:oo

इसेवा मनी ट्रान्सफर र युनाइटेड अरब इमिरेट्स (युएई)को लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । युएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाह लगायत सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीले लुलु इन्टरनेसनल एक्सचेन्ज मार्फत नेपालमा रेमिट्यान्स पठाउन सकिने सम्झौता भएको हो । 

सम्झौता अनुसार नेपालमा रेमिट्यान्स पठाउन चाहनेले युएईभरि रहेका लुलुका ८४ वटा शाखामध्ये कुनै पनि शाखामा गई इसेवा मनी ट्रान्सफरको माध्यमबाट पठाउन सक्ने जनाइएको छ । यसका साथै लुलु इन्टरनेसनल एक्सचेन्जको मोबाइल एप (लुलु मनी)मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । 

लुलु इन्टरनेसनल एक्सचेन्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सीधै रकम पैसा पठाउन सक्ने जनाइएको छ । त्यस्तै, इसेवा वालेटमा पनि सोझै रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।

साथै, लुलु इन्टरनेसनल एक्सचेन्ज हुँदै युएईबाट पठाएको रेमिट्यान्स नेपालका अधिकांश ठाउँमा रहेका इसेवा मनी ट्रान्सफरका १२ हजारभन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखभन्दा बढी इसेवाका क्यास प्वाइन्ट मार्फत पनि रकम झिक्न सकिने जनाइएको छ । यसका साथै पठाएको नगद रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यसैगरी, हाल इसेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको हुनाले युएईका नेपालीले लुलु इन्टरनेसनल एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा रकम पठाउँदा दैनिक पाँच हजार रुपैयाँ र बम्परमा ५० हजार रुपैयाँ पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।