१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o७:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आज राष्ट्रिय धान दिवस : उत्पादन घट्दै, आयात बढ्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:५६:oo

हरेक वर्ष धान उत्पादनमा कमी आउँदा नेपालमा धान–चामल आयात बढ्दो छ । सरकारले उत्पादन बढाउन विभिन्न योजनाहरू ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो १० महिनामा ४२ अर्ब १९ करोडको धान तथा चामल आयात भएको छ । यो गत वर्षको १० महिनाको तुलनामा तीन अर्बले कमी हो । आर्थिक वर्ष ०७७/७८ को १० महिनामा ४५ अर्बबराबरको धान आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । गत वर्ष कुल ५० अर्बबराबरको धान–चामल आयात भएको थियो । 

धान उत्पादन बढाउन तथा आयात निरुत्साहन गर्न सरकारले रैथाने धानलाई उन्नत जात बनाई प्रोत्साहन गर्नुपर्ने धानविज्ञ उज्ज्वल कुशवाहले बताए । उनले भने, ‘धान लगाउँदा बढी डुबान हुने ठाउँमा त्यहीअनुसारको गंगासार एक, गंगासागर २ लगायतको धानमा जोड दिनुपर्छ ।’ नेपालमा चालू आर्थिक वर्षमा ५१ लाख ३० हजार मेट्रिकटन उत्पादन भएको छ । यो करिब १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि मन्त्रालयको तथ्यांक छ । ‘यस वर्ष धान उत्पादन सोचेजस्तो हुन सकेन, आगामी वर्ष धान उत्पादन बढाउनका लागि किसान लक्षित र मौसमअनुसारको धान लगाउनका लागि प्रोत्साहन गरेका छौँ,’ कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भने ।

नेपालमा धान उत्पादनमा कमी आउँदा आयात बढेको हो । आर्थिक वर्ष ०७६/७७ मा ३३ अर्ब ६१ करोडको धान–चामल भएको थियो । त्यस्तै, ०७७/७८ मा ५० अर्ब ४८ करोड रुपैयाँको धान–चामल आयात भएको छ । किसानलाई सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा सोचेअनुसार उत्पादन नभएको नेपाल कृषक संघका अध्यक्ष नवराज बस्नेतले बताए । ‘हामी किसान जहिल्यै ठगिएका छौँ, न बजारीकरण, धानको न्यूनतम मूल्यलगायत समयै नतोकिँदा किसान पलायन हुन थालेका छन्,’ उनले भने ।

 उन्नाइसौँ धान दिवस मनाइँदै
सरकारले यसपटक पनि असार १५ मा राष्ट्रिय धान दिवस मनाउँदै छ । १५ असारको दिनलाई मानो रोपेर मुरी फलाउने पर्वका रूपमा समेत लिने गरिन्छ । सरकारले यस वर्ष उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको तयारसमेत गरेको छ । कृषि जैविक विविधता वर्षको समेत सन्दर्भ पारेर ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ मनाउन लागिएको हो ।

 रोपाइँको समयमा मलको अभाव
हरेक वर्षको धानबालीको समयमा किसानलाई मलको अभाव हुने गरेको छ । यस वर्ष समयमै मनसुन भित्रिएकाले किसानलाई रोपाइँ गर्न पानीको अभाव छैन । तर, मलको भने चरम अभाव भएको छ । धान रोप्ने वेला डिएपी मलको आवश्यता पर्छ भने धान रोपेको १२ देखि १५ दिनपछि युरिया मलको आवश्यकता पर्छ । 

ad
ad