मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेशको कुनै अर्थ र औचित्य नदेखिएको देव गुरुङको जिकिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १८:१७:oo

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका छन् । मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमनसम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका हुन् ।

उनले तीन तहको संरचना बनाएर एकात्मक प्रणालीको प्रशासनिक इकाइको रूपमा प्रयोग गर्न खोजिएको बताएका छन् । उनले साँचो अर्थको संघीयता दुई तहको हुने भन्दै स्थानीय तह प्रदेशको मातहतमा रहने गरी सञ्चालन गर्नुपर्ने बताए । सोहीअनुरूपको क्षेत्राधिकारहरूको बाँडफाँड हुनु जरुरी रहेको उनको भनाइ छ । 

'तीनवटा तहको जुन संरचना बनाइएको छ, तीनवटा तहको संरचना यो संघीय संरचना हो भन्ने लाग्दैन । कता कता यसलाई प्रशासनिक इकाइको रूपमा, एउटै एकात्मक प्रणालीअन्तर्गतको प्रशासनिक इकाइको रूपमा प्रयोग गर्न खोजिएको देखिन्छ,' उनले भने, 'संघीयता रियल अर्थमा भन्ने हो भने के हुन्छ भन्दा दुईवटा तहभन्दा तेस्रो तह बनाउने विषय हुँदैन । स्थानीय तह प्रदेशको मातहतमा सञ्चालन गर्नुपर्ने विषय हो भन्ने लाग्छ । अहिलेको तीनवटा तहको परिकल्पनाबाट जाने हो भने प्रदेशको कुनै अर्थ र औचित्य छैन ।  त्यसो भएको हुनाले क्षेत्राधिकारहरूको बाँडफाँड हुनु जरुरी छ ।’