मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाको कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुन: समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५५:oo

वर्षाको कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या भएको छ। केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या देखिएको हो। निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडासम्म पुग्ने सडमा समस्या आउँदा नियमित रूपमा फोहोरका गाडीहरू जान सकेका छैनन् ।   

सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहोरको गाडी बन्चरेडाँडा पुग्ने गरेका थिए । वर्षाका कारण बाटोमा अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहर व्यवस्थापन गर्दै आएको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्।

कोल्फु खोलादेखि नै कच्ची सडक रहेको र यसअघि फोहोर व्यवस्थापन गर्दै आएको सिसडोल पार गर्दै फोहोरकै डङ्गुरबाट गाडीहरू बन्चरेडाँडा जानुपर्ने हुँदा समस्या भएको प्रमुख राईले बताइन् । 

गत फागुनदेखि सिसडोल र बन्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै सडक अवरुद्ध गर्दा काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापनमा समस्या आएकाे थियाे । सिसडोल-बन्चरेडाँडाका स्थानीयवासीको समस्यालाई समाधान गर्नका लागि केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग काठमाडौं महानगरपालिकाले १८ बुँदे सहमति गरी फोहोर व्यवस्थापनको काम नियमित गर्दै आएको थियो ।   

तत्कालका लागि स्थानीयवासीको अवरोध हटे पनि हरेक दिन पानी पर्दा समस्या दोहोरिएको कामपाको भनाइ छ । कामपाले फोहोरको सहज व्यवस्थापनका लागि आगामी साउन १ गतेदेखि कुहिने र नकुहिनेलाई स्रोतबाट नै वर्गीकरण गर्न लागेको जनाएको छ। स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने सूचना जारी गरिसकेको छ ।

कामपा, सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी साउन १ गतेदेखि स्रोतमै फोहरको वर्गीकरण गर्ने सहमतिअनुसार कामपाले यस किसिमको अभ्यास गर्न लागेकाे हाे । रासस