१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १४:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेता र कर्मचारी घमन्डी हुँदा देश बनेन : मन्त्री चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:५७:oo

नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले नेता र कर्मचारीहरू घमन्डी हुँदा देश विकास नभएको बताएका छन्। सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।

मुलुक चलाउने मान्छे घमन्डी भएसम्म देश अघि नबढ्ने भन्दै उनले देश विकासका लागि सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए। नेताहरूले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट बनाएको भन्दै उनले अब इमानदारीको खाडल भर्न लाग्नुपर्नेमा जोड दिए।

‘मुलुक अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमन्डी भयौँ। मुलुक चलाउने मान्छे पनि घमन्डी भयौँ। कर्मचारीको बारेमा त के भनौँ र ? तर, हामीले आफ्नोतर्फबाट पनि जे गर्नुपर्ने हो त्यो गरिरहेका छैनौँ। आफ्नो बचावटका लागि हामी नेताहरू नै आफू बच्न सुरक्षित नीति–नियम बनाउने, आफूलाई संरक्षण गर्ने किसिमका कानुन बनाउन खोज्ने। मुलुकलाई इमानरीपूर्वक योगदान गरौँ,’ मन्त्री चौधरीले भने।

ad
ad