१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
तस्बिर एजेन्सीहरू
२o८१ बैशाख ३१ सोमबार १९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

तस्बिरमा हेर्नुहोस् पद्मा पुलको भव्यता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:o८:oo

बंगलादेशमा चिनियाँ कम्पनीले निर्माण गरेको पद्मा पुलको शनिबार उद्घाटन गरिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिनाले पुलको उद्घाटनपछि राजधानी ढाका र देशको दक्षिणी भागका २१ जिल्लाबीच सडक र रेलमार्गबाट सिधा सञ्चार स्थापनाका लागि महत्त्वपूर्ण हुने बताएकी छिन्।

 उक्त पुलको निर्माणसँगै बंगलादेशको जिडिपी वृद्धिमा १.२३ प्रतिशत योगदान पुग्ने र प्रतिवर्ष ०.८४ प्रतिशत बिन्दुले गरिबीदर घटाउने अपेक्षा गरिएको प्रधानमन्त्रीले हसिनाले बताइन्। पुललाई केन्द्रमा राखेर नयाँ आर्थिक क्षेत्र र हाइटेक पार्क निर्माण गरिनेछ। फलस्वरूप स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने र मुलुकको औद्योगिकीकरणले गति लिने प्रधानमन्त्रीको दाबी छ।

उक्त पुल ढाकाबाट करिब ४० किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ, जसको कुल लम्बाइ ९.८ किलोमिटर छ र त्यसमध्ये मुख्य पुल ६.१५ किलोमिटर लामो छ। यो परियोजना चाइना रेलवे मेजर ब्रिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडअन्तर्गत एक चिनियाँ कम्पनीले विदेशी भूमिमा बनाएको सबैभन्दा ठूलो पुल हो।

 

 

ad
ad