१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १७:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेशको बजेटप्रति एमाले असन्तुष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५८:oo

नेकपा (एमाले)ले बागमती प्रदेश सरकारले ल्याएको बजेटप्रति पूर्ण असन्तुष्टि जनाएको छ। सन्तुलित नभएको र कार्यकर्ता पोस्ने किसिमले बजेट ल्याइएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले असन्तुष्टि जनाएको हो। 

१ असारमा संसदमा बागमती सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफलका लागि आइबार बोलाइएको संसद् बैठकमा एमालेले असन्तुष्टि जनाउँदै अवरुद्धसमेत गरेको छ। एमालेको अवरुद्धका कारण सभामुख सानुकुमार श्रेष्ठले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्। बागमती सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, बजेटले सबै जिल्लालाई नसमेटेको, चुनावकेन्द्रित बजेट ल्याएको र एउटै योजना बजेट पुस्तिकामा दोहोरिएको एमालेको आरोप छ। 

आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रदेश सभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर प्रदेश सभा बैठक स्थगितको माग राखेका थिए । सभामुख श्रेष्ठले एमाले मुख्य सचेतक दीपक निरौलालाई बोल्ने समय उपलब्ध गराएका थिए । मुख्य सचेतक निरौलाले बजेटमा आफ्नो पार्टीको असन्तुष्टिको विषय संसदमा जानकारी दिएका थिए । आइतबार नै बसेको एमाले संसदीय दलको बैठकले सदन अवरोध गर्ने निर्णय गर्दै पूर्ण असहमति र असन्तुष्टि जनाएको दल नेता अष्टलक्ष्मी शाक्यले बताइन्। 

‘हामीले बजेटप्रति असन्तुष्टि जनाएका छौँ, उनले भनिन्, ‘मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई बजेट पुस्तिका फिर्ता गर्नेसमेत बैठकमा निर्णय भएको छ ।’

जनताको पक्षमा भन्दा पनि चुनावकेन्द्रित र कार्यकर्ता पोस्ने बजेट ल्याएको आरोप शाक्यले लगाइन्। आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँबराबरको बजेट प्रस्तुत गरेका थिए।