मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १० शुक्रबार १९:०७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

 पोखरा महानगर : बजेट पुस्तिका च्यातेको एमालेले बजेट प्रस्तुत गर्न दिने सहमति

Read Time : < 1 मिनेट
२०७९ असार १० शुक्रबार १९:०७:००

पोखरा महानगरपालिकामा नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि अवरुद्ध नगर सभा पुनः सञ्चालन हुने भएको छ। महानगरपालिकाका मेयर धनराज आचार्य र एमालेका जनप्रतिनिधिबीच सहमति भएसँगै नगर सभा पुनः सञ्चाालन हुने भएको हो । 

नगर सभाबाट बजेट पारित हुनुअगाडि नै बजेट रातो किताबमा प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले विरोध जनाउँदै राधिका शाहीले रातो किताब च्यातेकी थिइन् । उनले १७६ जना नगरपालिका सदस्यको अधिकार हनन् गरी लोकतान्त्रिक विधि, विधानलाई कुल्चँदै र नगर सभा सदस्यको अधिकारलाई कुल्चँदै बजेट प्रस्तुत हुनुभन्दा अगाडि नै रातो किताब छापेकाले एमाले बजेटमा सहभागी नहुने बताएकी थिइन् । 

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले आफूहरूको अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै सभामा नाराबाजी गरेका थिए। उहाँहरूले रातो किताब छापेको विषयमा मेयरको जवाफबाट चित्त नबुझेको भन्दै महानगरको सभागृहबाहिर नाराबाजी गरेका थिए । उनीहरूको नाराबाजीपछि मेयर आचार्यले १० मिनेटका लागि नगर सभा स्थगित भएको घोषणा गरेका थिए। पोखरा महानगरले शुक्रबार (आज) नै करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने भएको छ ।