१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसले जिते पनि एजेन्डाका आधारमा माओवादीकै जित हाे : अध्यक्ष प्रचण्ड (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२o:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा सोचेजस्तो परिणाम नआएको बताएका छन्। ललितपुरमा बिहीबार आयोजना गरिएको नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण दिने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

चुनावअघि एक सय ७० सिट ल्याउन सकिने आकलन गरिए पनि त्योभन्दा कम सिट आएको उनको भनाइ छ। ‘गठबन्धन ठीक ढंगले जाँदा र पार्टीले राम्रै मिहिनेत गर्दा एक सय ७० सिट आउँछ भन्ने आकलन गरेका थियौँ,’ उनले भने, ‘तर, एक सय २२ सिटमा सीमित भएका छौँ। हामीलाई त यो सिट कम हो, तर अरूका लागि बढी भएको छ।’

चुनावको वेला माओवादीले बढीमा ३० पालिका जित्छ भन्ने कतिपयको आकलन रहेको बताउँदै उनले माओवादीले त्योभन्दा धेरै सिट ल्याएको बताए। अध्यक्ष प्रचण्डले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नै माओवादी केन्द्रको लागि मुख्य कुरा रहेको बताए।

उनले चुनावी गतिविधिले संघीय लोकतान्त्रिक अवस्थालाई बलियो पारेको बताए। चुनावमा कांग्रेस, एमाले वा अन्य जुनसुकै पार्टीले जितेपनि एजेन्डाका आधारमा त्यसलाई माओवादीले नै जितेको मान्न सकिने अध्यक्ष प्रचण्डको धारणा छ।

विगतमा परिवर्तनमा पक्षमा लडेकाले माओवादीको जित स्वाभाविक रहेको उनले बताए। ‘राजनीतिको वागडोरलाई कता लैजाने भनेर माओवादी केन्द्रलाई नै जनताले चाबी दिएका छन्,’ उनले भने, ‘पहाडदेखि तराईसम्मका जनता माओवादीलाई जिताउन अघि बढेका हालको परिणामले देखाएको छ।’