मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नेपाल प्रहरीकाे प्रधान कार्यालय । फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौैं
Invalid date format २२:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका १७ एसएसपी डिआइजी बढुवामा सिफारिस, पहिलो नम्बरमा कुँवर (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
Invalid date format २२:५७:oo

नेपाल प्रहरीका १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन् । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह नेतृत्वको बढुवा सिफारिस समितिको बुधबारको बैठकले बढुवाको सिफारिस गरेको हो । 

बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह परेका छन् । त्यस्तै, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डिआइजीको बढुवामा सिफारिस भएका छन् ।

अहिलेकै ऐन–नियम कायम रहे आगामी चैतमा यही ब्याचबाट नेपाल प्रहरीले नयाँ प्रहरी महानिरीक्षक पाउनेछ।