मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार ८ बुधबार २१:१५:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा भूकम्प : बुधबारको झट्काले हजार मानिसको मृत्यु, तीस वर्षमा हजारौँले गुमाए ज्यान

Read Time : > 1 मिनेट
२०७९ असार ८ बुधबार २१:१५:००

पूर्वी अफगानिस्तानमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा एक हजार मानिसको मृत्यु भएको छ । उक्त प्राकृतिक विपत्तिका कारण अन्य सयौँ घाइते भएका छन् । 

करिब तीस वर्षमा भूकम्पका कारण अफगानिस्तानले हजारौँ व्यक्ति गुमाएको छ । सन् १९९१ फेब्रुअरी १ मा गएको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी करिब एक हजार ५०० जनाको मृत्यु भएको थियो । १ फेब्रुअरी १९९१ मा ६.९ रेक्टर स्केलको भूकम्पले अफगानिस्तान र छिमेकी पाकिस्तानको उत्तर–पूर्वमा भूकम्प गएको थियो । यो कम्पन उत्तरी भारत र ताजिकिस्तानमा पनि महसुस भएको थियो ।

सन् १९९८ मा पनि अफगानिस्तानलाई दुईवटा ठूला भूकम्पले देशलाई हल्लाएका थिए । पहिलो फेब्रुअरी महिनामा नै भूकम्प गएको थियो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ५.९ रेक्टर स्केलको ४ फेब्रुअरी १९९८ मा उत्तर–पूर्वी प्रान्त ताखारमा केन्द्रबिन्दु रहेको उक्त भूकम्पमा परी चार हजार ५०० व्यक्तिको मृत्यु भएको थियो । हजारौँ घरबारविहीन भएका थिए । सोही वर्ष ३० मेमा गएको अर्को ६.६ रेक्टर स्केलको भूकम्प पनि ताखरलाई नै केन्द्रबिन्दु बनाएर गएको थियो ।

भूकम्पको धक्काले सुदूर उत्तर–पूर्वी प्रान्त बदाखसन पनि प्रभावित भएको छ । यसमा करिब पाँच हजार व्यक्तिको मृत्यु भएको थियो । भूकम्पका कारण एक हजार ५०० जना घाइते भएका थिए र थुप्रै गाउँहरू ध्वस्त भएका थिए । २००२ मार्च ३ मा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पले देशको उत्तरतर्फ धक्का दिएको थियो । सामांगन प्रान्तमा केन्द्रबिन्दु रहेको उक्त भूकम्पमा परी १५० भन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक रहेको छ । 

त्यस्तै, मार्च २५ मा आएको अर्को भूकम्पमा परी ८०० भन्दा बढी मानिसको ज्यान गएको थियो । हिन्द कुश रेन्जको फेदमा रहेको बागलान प्रान्तमा हजारौँ घरबारविहीन भएका थिए । भूकम्पमा परी २० हजार जनसंख्या भएको नहरिन सहर पूरै ध्वस्त भएको थियो ।

११ जून २०१२ मा ५.२ देखि ५.७ रेक्टर स्केलका तीनवटा भूकम्पमा परी ७५ जनाको मृत्यु भएको थियो र बागलान प्रान्तका थुप्रै घरहरू ध्वस्त पारेको थियो । चारजना बाहेक सबै मुल्लाजन गाउँका रहेका थिए र उनीहरूले भूकम्पपछि गएको पहिरोमा पुरिएर ज्यान गुमाएका थिए । 

२६ अक्टोबर २०१५ मा, अफगानिस्तान–पाकिस्तान सीमासम्म फैलिएको हिन्द कुश रेन्जमा पछिल्ला केही दशक यता अफगानिस्तानमा गएको सबैभन्दा शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी ३८० जनाको मृत्यु भएको थियो ।