Skip This
गठबन्धनको निर्णय : नागरिकता विधेयक अगाडि बढाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ८ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ८ बुधबार १८:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनको निर्णय : नागरिकता विधेयक अगाडि बढाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ८ बुधबार १८:४३:oo

सत्तागठबन्धनले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अगाडि बढाउने निर्णय भएको जानकारी दिए।

‘गठबन्धनको बैठकमा अहिले विकसित घटनाक्रमको बारेमा विश्लेषण भयो। मूल रूपले प्रधानमन्त्री देउवाले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव गर्नुभएको छ,’ उनले भने, ‘अहिले हाम्रो समाजमा बुबा नागरिक आमा नागरिक तर उनका सन्तानहरू नागरिकताविहीन हुनुपरेको अवस्था छ, यसलाई अन्त्य गर्न अग्रसरता लिनका निमित्त आज निर्णय भएको छ।’

बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल,जसपा अध्यक्ष उपेन्द्र यादव,राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहेका थिए।