१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १७:४२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

न्यायाधीश अडियो प्रकरणमा बोल्यो सर्वोच्च बार, विवादित न्यायाधीश र अधिवक्तालाई जिम्मेवारीविहीन गर्ने सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४२:oo

सर्वोच्च अदालत बार एसोसिएसनले अडियो प्रकरणमा जोडिएका विवादित न्यायाधीश र अधिवक्तालाई जिम्मेवारीबाट अलग राख्न माग गरेको छ। बारेले बुधबार विज्ञप्ति निकालेर काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच इच्छाराज तामाङको ठगी मुद्दाको विषयमा सार्वजनिक अडियोको विषयमा बारले यस्तो माग राखेको हो ।

सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा घटनाको यथाशीघ्र छानबिन गरी सत्यतथ्य पत्ता लगाउन माग गरिएको छ । ‘अडियो रेकर्डेड संवादको विषयले न्यायालयको स्वतन्त्रता, गरिमा र सम्मान तथा कानुन व्यवसायीको व्यावसायिक मर्यादा र निष्ठामाथि नै गम्भीर प्रहार गरेको बारको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ,‘बार अमर्यादित र अनुचित कार्यमा संलग्न सम्पूर्ण व्यक्तिप्रति आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसमक्ष आग्रह गर्दछ।’