१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रपतिबाट सक्कल फाइल नआएपछि संवैधानिक नियुक्तिविरुद्धको रिटकाे सुनुवाइ रोकियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:५८:oo

संवैधानिक नियुक्तिविरुद्धका रिटमा आज हुने भनिएको सुनुवाइ रोकिएको छ। राष्ट्रपतिबाट निर्णयको सक्कल फाइल आइनसकेकाले सुनुवाइ हुन नसकेको हो। न्यायपरिषद् सदस्य रामप्रसाद भण्डारीलाई पनि विपक्षी कायम गर्न आदेश जारी गरिएको एक कानुन व्यवसायीले बताए।

उक्त इजलासमा कायममुकाय प्रधानन्यायाधीश  दीपककुमार कार्की र न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हालाई तोकिएको थियो। अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेल, कीर्तिनाथ शर्मा पौडेलसमेत गरी चारवटै रिट छुट्टाछुट्टै दर्ता भएका थिए। 

पछिल्लोपटक ०७८ चैत ९ गते   दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की,  विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडाको इजलासबाट कारण देखाऊ आदेश जारी भएको थियो।

ad
ad