१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १६:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

विपन्नलक्षित लघु आवास कर्जाको पहुँच बढाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:१४:oo

कम आय भएका परिवारहरूलाई लघु आवास कर्जाको पहुँच बढाइने भएको छ। विभिन्न लघुवित्तहरूले कम आय भएका र आवास बनाउन कठिन पर्ने परिवारलाई यस्तो सुविधा दिने बताएका हुन्।

मंगलबार नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा ललितपुरमा गरिएको ‘हेबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनल नेपाल’ र ‘अस्ट्रेलिया सरकारको बिजनेस पार्टनरसिप प्लेटर्फम’ कार्यक्रममा बोल्दै विभिन्न लघुवित्तका प्रतिनिधिहरूले लघु आवास कर्जाले विपन्नलाई राहत पुगेको बताए। लघुवित्त संस्थाका प्रतिनिधिहरू, विभिन्न दातृ निकायका प्रतिनिधिहरू र नेपाल राष्ट्र बैंक गरी ६० भन्दा बढी प्रतिनिधिकोे सहभागिता रहेको कार्यक्रममा लघुवित्तलाई कसरी विपन्न र आवास नभएका व्यक्तिसँग जोड्ने भन्नेबारे पनि छलफल भएको थियो।

छलफलमा सहभागीहरूले आवास कर्जाको प्रयोग र प्रभावकारिताबारे आफ्ना धारणा राखेका थिए। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुनाकर भट्टले आवास कर्जाको सम्बन्धमा राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ‘हेबिट्याट फर ह्युम्यानिटी’ को प्राविधिक सहयोगमा कम आय भएका परिवारलाई किफायती आवास कर्जाको प्रदान गरेको बताए। संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्तले प्रदान गरेको आवास कर्जा कार्यक्रमबाट विपन्न परिवार लाभान्वित भएको बताए। उनका अनुसार लघुवित्तहरूले विपन्न र आवास बनाउन नसक्ने परिवारलाई लक्षित गर्दै कर्जा दिँदै आएका छन्।

सन् २०११ को राष्ट्रिय जनगणनाअनुसार, नेपालका दुईमध्ये एक परिवार कम गुणस्तरको असुरक्षित घरमा बसोवास गर्छन्। अधिकांश विपन्न परिवारले उपयुक्त आवास कर्जामा पहुँच पाउन नसकेकाले असुरक्षित बसोवास गर्छन्। सहरी विकास तथा भवन निर्माण विभागले सन् २०१४ मा तयार पारेको व्यावसायिक योजनाअनुसार सन् २०२४ सम्म नेपालमा २० लाख घरको आवश्यकता औँल्याइएको छ। त्यस्तै, हेबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनल नामक संस्थाले गरेको अध्ययनले कम आय भएका तर लघु आवास कर्जामा पहुँच नभएका परिवारमा यो कर्जा लगानीको ठूलो अवसर रहेको औँल्याएको छ।

ad
ad