मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद पण्डितको प्रश्न– जबराविरुद्धको महाभियोग प्रस्तावमाथि किन छानबिन भएन ? (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५६:oo

प्रमुख प्रतिपक्ष दल एमालेका सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोग प्रस्ताव अघि बढ्न नसक्नुको कारण माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्रीसमेत रहेका सांसद पण्डितले महाभियोग प्रस्ताव अघि नबढ्नुको कारणबारे सभामुख अग्निप्रसाद सापकोटाले सदनमा जवाफ दिनुपर्ने बताएका हुन्।

उनले महाभियोग प्रस्ताव छानबिनका लागि समितिमा रहेका सदस्यहरूको नामावली सभामुख सापकोटा आफैँले घोषणा गरेको उल्लेख गर्दै उनीहरूलाई जिम्मेवारीविहीन अवस्थामा राख्न नमिल्ने बताए। सांसद पण्डितले एमालेसँग छलफल नै नगरी ल्याइएको सो प्रस्ताव संसदबाट पास हुँदैन भन्ने डरले अघि नबढाएको आशंका व्यक्त गरे।

‘यही संसदबाट महाभियोग प्रस्ताव छलफल गर्नका निम्ति समिति बन्यो । सभामुख महोदयबाटै नाम घोषणा भएर महाभियोग प्रस्ताव छानबिन गर्नको निम्ति जुन समिति बनेको थियो, अहिले काम पाएको छैन । कहिले काम पाउने हो ? त्यो महाभियोग प्रमुख प्रतिपक्षसँग छलफल नगरीकन ल्याइएको र पास हुन सक्दैन भनेर महाभियोग प्रस्तावका प्रस्तावकहरू नै हराइसक्नुभएको हो कि या उहाँहरू यो प्रस्तावमाथि छानबिन गर्नका निम्ति तयार हुनुहुन्न ? के भएको हो ?’ उनले भने।