मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जित र हारको मानसिकताबाट मुक्त भएर एसपिपीबारे तथ्य खोजौँ : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२३:oo

नेकपा (एमाले)का सांसद ईश्वर पोखरेलले जित र हारको मानसिकताबाट मुक्त भएर एसपिपी सम्झौताको सम्बन्धमा यथार्थ तथ्य खोज्नुपर्ने बताएका छन्। आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद पोखरेलले अमेरिकी प्रस्ताव स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे एक–अर्कोलाई आरोप लगाइएको भन्दै तथ्यको खोजी गर्नुपर्ने बताएका हुन्।

उनले यस सम्बन्धमा सरोकारवाला निकायहरूका बीचमा भएका पत्राचारहरूले सत्यतथ्य बुझ्न सघाउने बताए। अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई गरेको निर्देशनअनुरूप सबै पत्राचारहरू समितिलाई दिइनुपर्ने र आफूहरूले सही जानकारी पाउनुपर्ने उनले माग गरे। एसपिपीको सम्बन्धमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले समितिमा आएर जवाफ दिनुपर्नेमा समेत उनले जोड दिए।

‘यसबीचमा भएका जति पनि पत्राचार छन्, चाहे जंगी अड्डाले रक्षा मन्त्रालयलाई पठाएको पत्र होस् वा रक्षा मन्त्रालयले २० दिनपछि जंगी अड्डालाई पठाएको निर्देशन-पत्र होस्। वा त्यो पहिलोपटक नेपाली सेनाका प्रधानसेनापतिले त्यसवेला अमेरिकी राजदूतलाई पठाएको पत्र होस् र अमेरिकाले बेखबर भएर रेस्पोन्स गरेको के के चिज छ, त्यो कुरा होस्। यो सँगसँगै आइपिएस–२०१९ को रिपोर्टमा के कुरा उल्लेख गरेको छ, नेपालको बारेमा ? कसरी त्यहाँ उल्लेख गरेको छ, त्योसहित समग्र कुराहरू हामीलाई पठाऊ भनेर निर्णय हामीले गरेका छौँ। ती सबै चिज हामीले लिनुपर्छ र सही जानकारी प्राप्त गर्नुपर्छ । मैले यो सरकार, त्यो सरकार भनिनँ । कुनै पनि सरकारले समितिले गरेको यो निर्णयलाई, निर्देशनलाई उसले पालना गर्नुपर्छ । सबै चिजहरू पठाउनुपर्छ । यहाँ जित र हारको मानसिकताबाट मुक्त भएर तथ्यहरूको खोजी गर्ने हिसाबले आगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने।