१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ ५ शनिबार १५:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जनताको विश्वास लिएर काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १५:२४:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास लिएर काम गर्न कांग्रेसनिकट जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन्। शुक्रबार नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री देउवाले जनताको विश्वास लिएर काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका हुन्।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले राजनीतिक दलको काम जनताको सेवा गर्नु रहेको उल्लेख गर्दै जनपक्षीय काम गर्न आह्वान गरे। ‘जनप्रतिनिधिलाई थप जिम्मेवारी आएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘इमानदारीपूर्वक जनताको पक्षमा काम गर्नुहोला।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले जनतासँग मिठो बोलेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे। अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले जनताको काममा अहोरात्र खटिन आग्रह गरे। प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन शुक्रबार बिहान कञ्चनपुर आएका हुन्।

ad
ad