१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १४:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभामा अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम एमालेद्वारा बहिष्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:४२:oo

नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रभावमा परी करका दरहरू हेरफेर गरेको विषय छानबिनको माग सम्बोधन नभएको भन्दै एमालेले बैठक बहिष्कार गरेको हो।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै गर्दा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणको अघिल्लो दिन देशप्रति गद्दारी भएकाे भन्दै त्यसकाे छानबिन गर्न माग गरेका थिए।

भट्टराईको शब्द संसदीय मर्यादाविपरीत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले सो शब्द संसद्को रेकर्डबाट हटाएको जानकारी गराएपछि उनले एमालेले अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम बहिष्कार गर्ने र अन्य सत्रमा सहभागी हुने बताए।

ad
ad