मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १२:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बेलायतमा मंकिपक्सका बिरामीको संख्या पाँच सय नाघ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५१:oo

पछिल्लो आधिकारिक तथ्यांकअनुसार बेलायतमा बुधबारसम्ममा मंकिपक्सका बिरामीको संख्या पाँच सय नाघेको छ। युके हेल्थ सेक्युरिटी एजेन्सीले इंग्ल्यान्डमा मा ५२ मंकिपक्सका घटना दर्ता भएको जनाएको छ।

स्कटल्यान्डमा एक र वेल्समा एकजना थप संक्रमितसहित बेलायतमा मंगलबारसम्म पुष्टि भएका संक्रमित संख्या पाँच सय २४ पुगेको छ। इंग्ल्यान्डमा पाँच सय चार, स्कटल्यान्डमा १३, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा पाँचजनामा पुष्टि भएको छ।

नजिकको सम्पर्क र यौनसम्पर्कमा रहेका व्यक्तिहरूमा संक्रमण बढ्दो पाइएको छ। समलिंगी, उभयलिंगी वा  अन्य प्रकारले  यौन सम्पर्कमा रहेका व्यक्तिहरूमा यस्तो संक्रमण देखिएको युके हेल्थ सेक्युरिटी एजेन्सीले जनाएको छ।

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका संक्रामक रोग महामारी विज्ञानका प्राध्यापक डेभिड हेम्यानले भने कुनै निश्चित समूह वा व्यक्तिहरूलाई लक्षित गरी संक्रमित हुन सक्ने भन्नु गलत हुने बताएका छन्। ‘यद्यपि समग्र जोखिम सानो देखिन्छ, सबैजना सतर्क रहनुपर्छ। किनकि सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले यस प्रकोपलाई नियन्त्रण गर्न काम गरिरहेका छन्। संक्रमण भएको कसैको नजिकको सम्पर्कमा पर्दा जोकोहीलाई पनि असर गर्ने सम्भावना हुन्छ,’ हेम्यानले भने। रासस/एएनआई