१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लाको यारीमा सुख्खा बन्दरगाह अध्ययन सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:४९:oo

हुम्लाको नाम्खा गाउँपालिका– ५ को यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । काठमाडौंबाट आएका टोलीले नाम्खा– ५ को यारी पुगेर स्थलगत रपमा  सम्भाव्यता अध्ययन सुरु गरेको हो ।

छिमेकी देश चीनसँग जोडिएको हुम्लाको यारीमा सुख्खा बन्दरगाहाको सम्भाव्यता अध्ययन सुरु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारी परियारका अनुसार चालू आर्थिक वर्षमा सरकारले उक्त सम्भाव्यता अध्ययनको कार्यक्रम तय गरेको बताइन्। 

सम्भाव्यता अध्ययनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सूचना निकालेर परामर्शदाता कम्पनीमा एमएस कार्ड कन्सल्ट लिमिटेड छनाेट गरी सम्झौता गरेको प्रजिअ परियारको भनाइ छ । 

लिमिटेडसँगको सम्झौतासँगै दुई सदस्यीय अध्ययन टोली हुम्ला पुगेर स्थलगत रूपमा अध्ययन सुरु छ । बन्दरगाह निर्माण क्षेत्रको टोपोग्राफीको अध्ययन टोलीमा खटिएका इन्जिनियर सन्तोष खड्काले बताए । जग्गाको बनावट, प्रकृति, खानेपानी, बिजुली, सडक सञ्जाल र सामाजिक विवरणको समेत अध्ययन गरिने बताए ।

यारी क्षेत्र चार हजार चार सय मिटर अग्लो भएको कारण हिउँ पन्छाउन मिल्ने अवस्थाको पनि अध्ययन गरिनेछ । 

उक्त क्षेत्रका कर्णाली करिडोरको सडक पनि जोडिएको र सरकारी जमिन पनि प्रशस्त मात्रामा रहेको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले यस बन्दरगाहाबाट व्यापारिक रूपमा टेवा पुग्ने भएको छ । बन्दरगाह भने कर्णाली प्रदेशमै पहिलो र व्यापारिक महत्व झल्किनेछ । हुम्लामा उत्पादन भएकाे जडीबुटी, फलफूल, तरकारी, काठ सहज रूपमा निकासी गर्ने बाटो खुल्नेछ ।
 

ad
ad