१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्रीलाई संसदीय समितिको बोलावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:३४:oo

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री देउवालाई भ्रमणबारे जानकारी लिन ५ असारमा समितिमा बोलाउने निर्णय भएको समितिका सभापति पवित्रा निरौला खरेलले बताइन् ।

त्यस्तै, बैठकले नेपालको परराष्ट्र नीतिबारे छलफलका लागि ३ असारमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पनि बोलाउने निर्णय गरेको छ । समितिको सोमबारको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेता भीम रावललगायतका सांसदले प्रधानमन्त्रीको आसन्न भ्रमणले नेपालको परराष्ट्र नीतिमाथि नै आशंका गर्नुपर्ने अवस्था उत्पन्न भएको भन्दै प्रधानमन्त्रीले उपस्थित भएर प्रस्ट्याउनुपर्ने माग गरेका थिए । आइतबार संसद्मा बोल्दै एमाले सांसदहरूले यसबारे सरकारको धारणा दिन प्रधानमन्त्रीसँग माग गरेका थिए । 

प्रधानमन्त्री देउवा असार अन्तिम साता अमेरिका भ्रमणमा जाँदै छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको एक कार्यक्रममा निम्ता पाएका उनको भ्रमणलाई औपचारिकता दिन कूटनीतिक तवरमा प्रयास भइरहेको छ । प्रधानमन्त्री देउवाभन्दा अघि १३ असारमा प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका जाँदै छन् । उनले अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूसँग पनि भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री देउवाको भ्रमण परराष्ट्र मन्त्रालयले अझै सार्वजनिक गरिसकेको छैन ।

ad
ad