Skip This
मंसिरभित्र संघ र प्रदेशको चुनाव हुन्छ : प्रचण्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३१ मंगलबार
  • Saturday, 27 July, 2024
२o७९ जेठ ३१ मंगलबार o६:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मंसिरभित्र संघ र प्रदेशको चुनाव हुन्छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३१ मंगलबार o६:१६:oo

माओवादी अध्यक्ष प्रचण्डले आगामी मंसिरभित्र प्रदेश र संघको चुनाव हुने बताएका छन् । मंसिरभित्र निर्वाचन सम्पन्न गर्न सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दलसँग पनि सहमति भइसकेको उनले बताए । कार्यकर्ता प्रशिक्षणका लागि बारबर्दिया नगरपालिका– ११, बेलभार आएका प्रचण्डले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । 

उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुन दलले जिते, हारे भन्दा पनि मुलुकमा संघीयता सुदृढ र मजबुत भएको अर्थमा बुझ्नुपर्ने बताए । ‘संविधान कार्यान्वयन गर्ने क्रममा ०७४ मा स्थानीय तहको पहिलो चुनाव भएको थियो ।

‘त्यही वर्ष प्रदेश र संघको चुनाव पनि भयो,’ उनले भने, ‘गत ३० वैशाखमा स्थानीय तहको दोस्रो निर्वाचन भयो । यसले मुलुकमा संघीयतालाई सुदृढ र मजबुत बनाएको छ । कसले जिते, कसले हारे भन्नेभन्दा मुलुकका लागि यो महत्वपूर्ण कुरा हो ।’ जनताको निरन्तरको खबरदारीकै कारण संविधान कार्यान्वयन भएको भन्दै उनले जनताको जित भएको भन्दै बधाई ज्ञापन गरे । 

बर्दियामा नेकपा माओवादी केन्द्रको पक्षमा अनपेक्षित चुनावी परिणाम आएको बताउँदै त्यसैको समीक्षा गर्न बर्दिया आइपुगेको अध्यक्ष प्रचण्डले बताए ।