१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १३:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:o७:oo

संसदीय समितिले अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको हो।

समिति सभापति पवित्रा निरौलाले समितिको बैठकमा परराष्ट्र नीति कार्यान्वयको विषयमा छलफलको सुरुवात गरेको बताइन्। बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेका थिए।

‘परराष्ट्र नीति कार्यान्वयनको सन्दर्भमा बैठक सुरुवात गरेका छौँ। यो विषयमा सबै माननीय सदस्यहरूले स्पष्ट पार्नुभएको छ। आगामी दिनमा परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई निमन्त्रणा गर्ने भएका छौँ । समितिको बैठकमा बोलाएर समितिले व्यापक छलफल गर्नेछ,’ उनले भनिन्।

ad
ad