१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १o:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भुटानमा राजनीतिक बन्दी गम्भीर बिरामी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:o२:oo

राजधानी थिम्पुको चेमगाङ केन्द्रीय कारागारमा ४३ वर्षको जेल सजाय भोगिरहेका भुटानी राजनीतिक बन्दी डम्बरसिंह पुलामी गम्भीर बिरामी परेका छन् । भुटान सरकारले १७ मे मा थिम्पुको जिग्मे दोर्जी वाङ्चुक राष्ट्रिय रेफरल अस्पतालको सघन उपचार कक्षमा उनलाई भर्ना गरेको छ । भुटानको प्रहरीले पुलामीलाई उपचारको सबै जिम्मा लिन तथा पुलामीलाई घर लैजान दबाब दिएको अस्पताल स्राेतलाई उद्धृत गर्दै भुटानमा राजनीतिक बन्दीहरूको रिहाइको लागि ग्लोबल अभियानले जनाएको छ । 

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)ले राजनीतिक बन्दीका रूपमा पुलामीलाई मान्यता दिएको छ । उनको दर्ता नम्बर ०००३९७ हो । भुटान वाचले आफ्नो वार्षिक मानव अधिकार प्रतिवेदन २०२१ मा प्रकाशित गरेको ५५ भुटानी राजनीतिक कैदीहरूको सूचीमा उनको नाम ३१औँ नम्बरमा सूचीकृत छ । राजनीतिक बन्दी ५५ जनामध्ये  पाँचजना १५ वर्षको जेल सजाय भोगेर दुई महिनाअघि रिहा भएका थिए । 

भुटानी राजनीतिक कार्यकर्ता, डम्बरसिंह पुलामी, पूर्वी नेपालको टिमाई क्याम्पको सहायतामा युएनएचसिआरमा दर्ता थिए । भुटानको दक्षिणमा गैरनेपालीभाषीहरूको आन्तरिक पुनर्वासको जाँच गर्न भुटान प्रवेश गरेका समयमा उनी गिरफ्तारीमा परेका थिए । उनीमाथि जबर्जस्ती असुली, अपहरण, हत्या र विध्वंसक गतिविधिको अभियोग लगाइएको थियो । 

पारिवारिक स्रोतका अनुसार पुलामी पक्राउ परेदेखि नै थिम्पुको चेमगाङ केन्द्रीय कारागारमा छन् । उनलाई भुटानी जेलमा अमानवीय शारीरिक र मानसिक यातना दिइएको थियो । उनकी श्रीमती सावित्रा पुलामी सन् २०११ मा आफ्ना दुई छोरा र एक छोरीसहित संयुक्त राज्य अमेरिकामा पुनर्स्थापित भएकी थिइन्। पुनर्स्थापनाका लागि उड्नुअघि आइसिआरसीको समन्वयमा उनी श्रीमानलाई भेट्न भुटान गएकी थिइन् । त्यसवेला श्रीमतीले पुलामीको स्वास्थ्य अवस्था बिग्रिएको देखेकी थिइन् । पुलामी कुपोषित भएको उनले देखेकी थिइन् । 

पुलमीका बुबा अम्बरबहादुर पुलामीको २५ वर्षअघि नेपालस्थित शरणार्थी शिविरमा मृत्यु भएको थियो। उनकी आमा राममाया पुलामीको सन् २०२० मा अमेरिकामा निधन भएको थियो । भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि ग्लोबल अभियानले उनी पूर्ण रूपमा निको भएपछि, तिनीहरूको पुनर्वास गरिएको देशमा आफ्नी पत्नी र छोराछोरीसँग पुनर्मिलन गर्ने व्यवस्था गर्न भुटानी राजासँग अपिल गरेको छ । अभियानले सबै भुटानी राजनीतिक बन्दीहरूलाई आममाफी प्रदान गर्न पनि अपिल गरेको छ । 
 

ad
ad